सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद्को निर्णय

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख १५ गते ००:३४
Image of storage/news/1745859759.jpg

काठमाडौं । सरकारले आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनमा  प्रस्तुतिका लागि राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यही वैशाख १९ गते ३ बजे संयुक्त बैठकमा सम्बोधनका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने र सबै सांसदहरूलाई सहभागिताको आव्हान गर्ने निर्णय गरेको गुरुङले बताए । 


Facebook Comments