प्रतिनिधिसभामा आज प्रचण्डले सम्बोधन गर्ने

User Image मेयरसाप सम्पादकीय | २०८१ फागुन २७ गते १७:१०
Image of storage/news/1741662261.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसदमै रहेका दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न संघरसंस्थाहरुले पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा आइतबार गरेको भव्य स्वागतपछि राजनीतिक वृत्त तरङ्गित भएको बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लागेका हुन् । ​​​​​​​राजावादीहरुको गतिविधि बढेको भन्दै माओवादी केन्द्रले गरिरहेको तराई–मधेश जागरण अभियान स्थगित गरेर प्रचण्ड शनिबार नै काठमाडौं आएका थिए ।


Facebook Comments