निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्धको रिट शर्माको इजलासमा

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख ३० गते ००:४३
Image of storage/news/1747117253.jpg

काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आज न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ।

 

अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गभर्नर सिफारिस समितिमा बस्नु गैरकानुनी भएको दाबी गर्दै दायर गरेको रिट मंगलबार शर्माको इजलासमा परेको हो ।


धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य विश्वनाथ पौडेल, महाप्रसाद अधिकारी, समितिको सचिवालय र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

 

अधिकारीले चैत २४ मा उमेरहदका कारण अवकाश पाएका थिए । उनलाई वैशाख १६ गते नै अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा रहेको सिफारिस समितिको सदस्य नियुक्त गरिएको थियो । पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ ।


Facebook Comments