गोलबजार नगरपालिकाको सवारी साधनको रेकर्डविना नै इन्धनमा ६५ लाख बढी खर्च
महालेखापरीक्षकको प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा गोलबजार नगरपालिकाले कार्यालय प्रयोजनका लागि ४५ हजार, पदाधिकारीका लागि १९ लाख ५० हजार र अन्य प्रयोजनमा ६१ हजार १६४ गरी कुल ६५ लाख ११ हजार १६४ रुपैयाँ इन्धनमा खर्च गरेको छ ।
No Author Assigned | एक बर्ष अगाडि
सिरहाको गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा सवारी साधनको रेकर्डविना नै इन्धनमा ६५ लाख ११ हजार रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
महालेखापरीक्षकको प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा गोलबजार नगरपालिकाले कार्यालय प्रयोजनका लागि ४५ हजार, पदाधिकारीका लागि १९ लाख ५० हजार र अन्य प्रयोजनमा ६१ हजार १६४ गरी कुल ६५ लाख ११ हजार १६४ रुपैयाँ इन्धनमा खर्च गरेको छ ।
प्रतिवेदनका अनुसार ईन्धन खर्च महालेखापरीक्षकको कार्यालयबाट स्वीकृत फारम नम्बर ९०५ मा इन्धन खपतको लगबुक राख्नुपर्ने व्यवस्था भएपनि नगरपालिकाले इन्धन भुक्तानी गर्दा विवरण खुल्ने गरी लगबुक राखेको छैन भने इन्धन कसललाई के प्रयोजनका लागि दिएको रेकर्ड पनि नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
Facebook Comments