अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समिति बैठक सुरू

User Image मेयरसाप डेस्क | २०८२ जेठ ६ गते ०३:३८
Image of https://mayorsap.com/storage/photos/10/bishnu paudel.jpg

काठमाडौं । अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक सुरू भएको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मंगलबार गभर्नर सिफारिस समितिको बैठक सुरु भएको हो।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्। समिति बैठकले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्ने छ । तर गभर्नरमा प्रा.डा.विश्व पौडेल नियुक्ति गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भइसकेको छ । 

 


Facebook Comments