हुम्लामा पहिरोबाट विस्थापित भएकालाई पुनः स्थापना गर्न माग

User Image मेयरसाप डेस्क | २०८२ जेठ ७ गते १९:१४
Image of https://mayorsap.com/storage/photos/10/PRO_KTM-46edcd49-f746-44cb-8b64-5e5f81e779f6.jpg

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी उपत्यकामा गएको हिमपहिरोका कारण विस्थापित भएका नागरिकहरूको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेकी छन् ।

विशेष समयमा बोल्दै सांसद चन्दले नाम्खा गाउँपालिका–६ तिलगाउँमा आएको हिमपहिरोले सिङ्गो बस्ती जोखिममा पारेको बताउँदै १८ परिवार घर छाडेर पालमुनि बस्न बाध्य भएको जानकारी दिइन् ।

उनले सरकारले पीडित क्षेत्रमा कुनै उपस्थिति नदेखाएको भन्दै गुनासो गरिन् । “सरकारको ध्यानाकर्षण गर्न राजधानीमै बाढीपहिरो आउनुपर्ने होरु”, भन्दै उनले राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरिन् ।

पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराई सुरक्षित स्थानमा सार्न सरकारले चाँडो पहल गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।


Facebook Comments