लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियारमा पठाउने
मेयरसाप डेस्क
|
२०८२ जेठ ८ गते ०१:३८
काठमाडौं । सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने भएको छ । समितिको बिहीबार बसेको बैठकले पतञ्जली जग्गा प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन अख्तियारमा पठाउने निर्णय गरेको हो।
पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायहरुबाट सोधपुछ प्रतिवेदन तयार गरेर थप अनुसन्धान र आवश्यक कार्बाहीका लागि अख्तियार पठाउने निर्णय भएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।
काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गालाई किनबेच गरेको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ। २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो। तर पछि हदबन्दी भन्दा बढी गएर कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै अख्तियारले अनुसन्धान थालेको हो।
Facebook Comments