काभ्रेमा बालुवा बोकेको टिपरमा आग*लागी

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिकामा बालुवा बोकेको टिपरमा आगलागी भएको छ । पाँचखालबाट भक्तपुर जाँदै गरेको बा२क ६१२५ नम्बरको टिपरमा पाँचखाल–५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा आगलागी भएको हो ।
टिपरको गति एक्कासी बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो ।