Ad Image

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepbeatsrilanka-2.png

काठमाडैं । साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई ७–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउन्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा ३ गोल थपेको थियो ।

नेपालका लागि समिक्षा मगरले २ गोल गरिन् भने पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक–एक गोल गरे । 

एक गोल आत्मघाती उपहार मिलेको थियो । यो जितसँगै नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । यसअघि पनि नेपालले श्रीलंकालाई ७–० ले नै हराएको थियो ।