Ad Image

फेरिए प्रचण्डको पीएसओ : डीएसपी सुवेदीले सम्हादै सुरक्षा कमान्ड

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda1706001680.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) परिवर्तन भएका छन् । 

प्रहरी प्रधान कार्यालयले प्रचण्डको सुरक्षा कमान्डको जिम्मेवारीमा डीएसपी दिपक सुवेदीलाई खटाएको छ । सुवेदी यसअघि केन्द्रीय विपद् कार्यदलमा कार्यरत थिए । 

प्रचण्डको सुरक्षामा यसअघि खटिएका डीएसपी सिद्धराज न्यौपानेको भने सरुवा भएको छ । उनलाई सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए ।

न्यौपाने २०७९ साउनमा प्रचण्डको पीएसओको रूपमा खटिएका थिए र करिब तीन वर्षपछि उनको सरुवा भएको हो ।