Ad Image

बेहोस महिलामाथि एम्बुलेन्सभित्रै बला*त्कार

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rape.jpg

काठमाडौं । भारतको बिहारस्थित गया जिल्लामा होमगार्ड भर्ती प्रक्रियामा सहभागी एक महिलामाथि एम्बुलेन्सभित्रै बलात्कार भएको घटना सार्वजनिक भएको छ । यो अमानवीय घटनापछि प्रहरीले एम्बुलेन्सका चालक र एक प्राविधिकलाई नियन्त्रणमा लिएको छ ।

गयाका सहर प्रहरी सुपरिटेन्डेन्ट रामानन्द कुमार कौशलका अनुसार, बोधगयास्थित बीएमपी–१७ मा होमगार्ड भर्तीको दौड परीक्षणका क्रममा एक महिला उम्मेदवार बेहोस भएकी थिइन् । उनलाई तत्कालै एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो । तर, अस्पताल पुगेपछि गत  बिहीबार दिउँसो करिब २ः३० बजे ती महिलाले आफूमाथि एम्बुलेन्सभित्रै बलात्कार र दुव्र्यवहार भएको आरोप लगाएकी थिइन् ।

प्रहरीले सूचना पाएलगत्तै दुवै शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले सन्तोषजनक जवाफ दिन नसकेको जनाइएको छ । पीडित महिलाले दुवै आरोपितलाई सिधै पहिचान गरेकी छिन् ।

यस घटानापछि राजद नेता तथा पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवले सामाजिक सञ्जालमार्फत सरकारमाथि आक्रोश व्यक्त गर्दै यसलाई ‘राक्षसी शासन’ भनेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्यमन्त्री नीतिश कुमारलाई प्रश्न सोधेका छन् ।