Ad Image

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dordi gaupalika.jpg

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीको आम्दानी प्रयोग गरी पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको छ ।

आज (आइतबार) वडा नं ४ नौथर सेरामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नं १ भारतेका प्रेमबहादुर गुरुङलाई बिमा कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष अधिकारीका अनुसार, पालिकाका नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र बिमाबाट स्वास्थ्य सेवामा राहत पुग्ने भएकाले यो कार्यक्रम ल्याइएको हो । ‘लविद्युत्को आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नाराका साथ अघि बढेको यस योजनाअन्तर्गत दोर्दी गाउँपालिकामा स्थायी बसोबास गर्ने चार हजार २२५ घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्नका लागि १ करोड ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

दोर्दी गाउँपालिकामा हाल पाँचवटा जलविद्युत् आयोजनाबाट १२६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ, जसबाट प्राप्त रोयल्टी यो कार्यक्रमको मुख्य स्रोत हो । लमजुङमा २०७७ माघदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भए पनि दोर्दीका धेरै नागरिक यसबाट वञ्चित थिए । अब भने उनीहरू यस कार्यक्रमबाट लाभान्वित हुनेछन् ।