Ad Image

सुशासन र पारदर्शी सेवा प्रवाह आजको आवश्यकता : मन्त्री न्यौपाने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/DSC_7946.jpg

तनहुँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै सार्वजनिक निकायहरूलाई पारदर्शी भएर सेवा प्रवाह गर्न निर्देशन दिएकी छिन् ।

आज जिल्ला प्रशासन कार्यालय तनहुँमा आयोजित सरकारी कार्यालयका प्रमुखहरूसँगको भेटवार्तामा उनले जनताले सहज रूपमा सेवा पाउनुपर्ने र अनावश्यक दुःख भोग्नु नपर्नेमा जोड दिइन् ।

मन्त्री न्यौपानेले जनतामा ‘काम गराउन नेतालाई भन्नुपर्छ’ भन्ने मनोभाव रहेको उल्लेख गर्दै, कानुनअनुसारका काम सहजै हुन्छन् भन्ने आभास दिनुपर्ने बताइन् । उनले आफूले कहिल्यै पनि पदको दुरुपयोग नगरेको र भविष्यमा पनि नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कर्मचारीतन्त्रलाई देश विकासको मेरुदण्ड बताउँदै मन्त्री न्यौपानेले सङ्घीयतालाई सुदृढ बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिइन् । उनले सङ्घीय निजामती ऐन संसदको चालु अधिवेशनबाट पारित हुने र त्यसले कर्मचारीका अधिकांश समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् ।