एकजना जनार्दनले नपत्याउँदैमा आन्दोलन रोकिँदैन : प्रचण्ड

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68aff373a3dcf.jpg

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ को नाम लिएरै पार्टीको आन्दोलन नरोकिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले जनार्दनको भनाइप्रति असन्तुष्टि जनाए ।

पार्टीभित्रैका नेताहरूले नेतृत्वलाई नपत्याएको भन्ने प्रश्नमा प्रचण्डले भने, ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी, यो आन्दोलन, यो इतिहास रोकिँदैन ।’ उनले जनार्दन शर्माले दिएको अभिव्यक्तिको विषयमा आगामी पदाधिकारीको बैठकमा समीक्षा गरिने जानकारी दिए ।

प्रचण्डले पार्टीभित्र केही ’स्वार्थ समूहहरू’ सक्रिय भएको पनि आरोप लगाए । स्वार्थ समूहको परिभाषा दिँदै उनले भने, ‘स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पद्धति र नेतृत्वभन्दा बाहिर गएर सार्वजनिक वा आन्तरिक रूपमा स्वार्थमा केन्द्रित भएर गरिने गतिविधि हो ।’


Facebook Comments