१ लाख ९९ हजार पुग्यो सुनको मूल्य

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ प्रति तोला निर्धारण गरिएको छ । त्यसैगरी, चाँदी २ हजार ३५५ रुपैयाँ प्रति तोलामा खरिदबिक्री भइरहेको छ ।

बुधबार सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँ र चाँदी २ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।


Facebook Comments