अविरल वर्षाले देशभरका ९ सडकखण्ड पूर्ण अवरुद्ध

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68affea7ba5f7.jpg

काठमाडौं । देशभर परेको अविरल वर्षाका कारण विभिन्न ९ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सडक विभागले आज सार्वजनिक गरेको सूचनाअनुसार ३७१ सडकखण्डमध्ये २११ वटा पूर्ण रूपमा खुलेका छन् ।

सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो र डुबानका कारण सडकमा क्षति पुगेको तथा कतिपय ठाउँमा पुल बगाएको बताए । उनका अनुसार, कतिपय ठाउँमा मर्मत कार्य जारी रहे पनि निरन्तरको वर्षाले समस्या समाधान गर्न कठिनाइ भएको छ ।

विभागको तथ्यांकअनुसार, बाढी, पहिरो र पुल बगाएका कारण गल्छी–त्रिशूली–रसुवागढी, कर्णाली करिडोर दक्षिण खण्ड, उत्तर–दक्षिण कोशी राजमार्ग, तमोर करिडोर, तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी लगायतका सडकहरू पूर्ण रूपमा अवरुद्ध छन् ।

यसैगरी, पश्चिम रुकुमको भेरी करिडोर, रोल्पाको सहिद राजमार्ग र अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छन् । दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्डमा भने सुख्खा पहिरोका कारण राति यातायात बन्द हुने र दिउँसो मात्र सञ्चालनमा आउने गरेको विभागले जनाएको छ ।


Facebook Comments