मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b007da060eb.jpg

सिरहा । पूर्वपश्चिम राजमार्गको विस्तार अन्तर्गत सिरहाको मिर्चैयामा ओभरपास निर्माण सुरु भएको छ । ’चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ नामक निर्माण कम्पनीले यो ओभरपास सन् २०२५ डिसेम्बर ३१ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पाँच सय मिटर लम्बाइ र ६ मिटर उचाइको यो संरचनामा हालसम्म २४ वटा ’पाइल’ राखिसकिएको छ । आयोजनाका सूचना अधिकारी सरोज कोइरालाले यो ओभरपास बनेपछि पूर्वपश्चिम चल्ने सवारी साधनहरू माथिबाट गुड्नेछन् भने उत्तर–दक्षिणका सवारीहरू तलबाट पार गर्ने व्यवस्था मिलाइने बताए ।

त्यस्तै, सोही परियोजनाअन्तर्गत लहान चोकमा पनि अर्को ओभरपासको निर्माण सुरु भएको छ । तर, बिजुलीका पोलहरू नसार्दा त्यहाँ केही प्राविधिक समस्या आएको निर्माण कम्पनीले जनाएको छ ।

कञ्चनपुरदेखि कमलासम्मको ८६.८३ किलोमिटर सडक विस्तार परियोजनाअन्तर्गत बलान नदीदेखि कमलासम्मको ४७ किलोमिटर खण्डको ६६.५० प्रतिशत काम सम्पन्न भइसकेको छ । यस आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रुपैयाँ रहेको छ ।


Facebook Comments