युवाको उमेर १८ देखि ३५ वर्ष कायम

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b012da36330.png
तस्बिर: एआई

काठमाडौं । सरकारले हालै ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै नेपालमा युवाको उमेर समूह १८ देखि ३५ वर्ष कायम भएको छ । यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६ देखि ४० वर्ष थियो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ नीतिमा ’राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहलाई युवा मानिनेछ’ भनेर उल्लेख गरिएको जानकारी दिए । बालबालिका सम्बन्धी ऐनमा १८ वर्षसम्मलाई बालबालिका मानिने भएकाले युवाको उमेर १८ बाट सुरु गरिएको उनको भनाइ छ ।

यद्यपि, ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म कानुनी रूपमा भने युवाको उमेर १६ देखि ४० वर्ष नै रहने उपाध्यक्ष बस्नेतले स्पष्ट पारे । उनले नीतिअनुसार ऐन संशोधन गर्नुपर्नेमा जोड दिए ।

२०७८ सालको जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । अब नयाँ नीतिअनुसार युवाको जनसङ्ख्या निकाल्ने काम हुनेछ । संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष र भारतले १५ देखि ३५ वर्षलाई युवा उमेर समूह मान्दै आएका छन् ।


Facebook Comments