सबै कम्युनिस्ट पार्टी एकीकृत हुनुपर्छ : जनार्दन शर्मा


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिस्ट पार्टीको पुनर्संरचना र पुनर्गठन अनिवार्य भइसकेको बताएका छन् ।
बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको आवश्यकतालाई सम्बोधन गर्न बृहत् राष्ट्रिय स्वार्थमा केन्द्रित भएर कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण गर्नुपर्नेमा जोड दिए ।
शर्माले २०७४ सालमा नेकपा गठन हुँदा नेता–कार्यकर्तामा उत्साह भए पनि नेताहरूको व्यक्तिगत स्वार्थका कारण त्यो उत्साहमा ’चिसो पानी खन्याइएको’ आरोप लगाए ।
झन्डै दुई तिहाइ मत पाएको पार्टी विघटन हुनुमा अलोकतान्त्रिक व्यवहार र वैचारिक अभाव मुख्य कारण रहेको उनको भनाइ छ ।
‘अब पुराना पुस्तालाई गाली गरेर होइन, विगतबाट शिक्षा लिएर जनताको पार्टी बनाउनुपर्छ,’ शर्माले भने । उनले सबै कम्युनिस्ट पार्टीलाई एकीकृत बनाएर लैजानका लागि निरन्तर अभियान चलाउनुपर्ने आवश्यकता औंल्याए ।
Facebook Comments