सिन्धुलीमा सवारी दु*र्घटनाबाट १ जनाकोे मृ*त्यु


सिन्धुली । कमलामाई नगरपालिका–९ नयाँबस्तीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दीवासबाट कटारीतर्फ गइरहेको नम्बरको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका–९ का १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रयामा लिइएको छ ।
Facebook Comments