नेप्से परिसूचक १९ अङ्कले घट्यो, सबै समूह राताम्मे

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6d66c812ac.jpeg

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९.८९ अङ्कले घटेर २,७४१.९७ विन्दुमा कायम भएको छ । आजको कारोबारमा सबै समूहका उपसूचकहरूमा गिरावट आएको छ ।

आज ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २२ करोड ७० लाख ४५ हजार ८१४ रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै, सेयर सङ्ख्याका आधारमा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको ५ लाख ६१ हजार ५१४ कित्ता सेयर किनबेच भएको छ ।


Facebook Comments