ध्वनी प्रदूषण नियन्त्रण गर्न प्रहरीकाे आग्रह–म्यासेजमै कुरा गर्नुस्, आवाज निकालेर फोन नगर्नुस्

'प्रेसर कुकरमा सिठ्ठी नलगाउनुस्'

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b93ea21e355.PNG

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले घर, परिवार र समाजको हितका लागि ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सुरु गरेको छ । बुधवादेखि अभियान सुरु गरेको प्रहरी कार्यालयले परिवार र छिमेकीलाई ध्वनी प्रदूषणबाट हुने असर कम गर्न बुँदागत रुपमा विभिन्न सुझावहरु समेत दिएको छ । 

प्रहरी कार्यालयले बिहानको शान्ति कायम राख्नका लागि भन्दै राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिठ्ठी नलगाउन, गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गर्न, बिहानै सवारी साधनको आवाज ठूलो ननिकाल्न आग्रह गरेको छ । त्यसैगरी सकेसम्म म्यासेजमा मात्र कुरा गर्न, फोनमा कुरा गर्दा हेडफोनको प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

भान्सामा भाँडाकुँडा नबजाउन, अबेरसम्म ठूलो आवाजमा गफ नगर्न, ट्वाइलेटमा फ्लस गर्दा आवाज कम गर्न, अनावश्यक नखोक्न समेत प्रहरीले आग्रह गरेको छ ।

यस्ताे छ प्रहरीकाे सूचना:

 

 


Facebook Comments