माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, समसामयिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार दिउँसो साढे १२ बजेदेखि बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल भइरहेको छ ।
माओवादीले भदौ २२ गते लमजुङबाट सुरूगर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान, पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच चलेको आरोप–प्रत्यारोप लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
Facebook Comments