एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरमा सुरु

User Image मेयरसाप डेस्क | २०८२ भदौ २० गते २३:०५
Image of https://mayorsap.com/storage/photos/10/68ba8cfecefd3.jpeg

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरमा सुरु भएको छ ।

’निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सनराइज सभा हलमा गरेका हुन् ।

महाधिवेशनमा देशभरबाट २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २,३४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

महाधिवेशनमा आज राजनीतिक प्रतिवेदन, विभिन्न दस्तावेज र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ। महाधिवेशन स्थलमा १८ पदाधिकारीका लागि कुर्ची, पार्टी र राष्ट्रिय झण्डा, र ठूला डिजिटल बोर्डहरू सजाइएको छ ।

मञ्चको दायाँबायाँ कम्युनिष्ट नेताहरू कार्ल माक्र्स, एङ्गेल्स, लेनिन, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ ।


Facebook Comments