स्वास्थ्य बीमा नभएपछि रोकिनेछ आठ प्रकारका रोगको उपचार

User Image मेयरसाप डेस्क | २०८२ भदौ २० गते ०३:११
Image of https://mayorsap.com/storage/photos/10/68ba94961bbb1.jpg

काठमाडौं । आगामी कात्तिक १ गतेदेखि स्वास्थ्य बीमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत उपचार सुविधा पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणालीमा ल्याउने निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागेको हो ।

हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् । एकीकृत सुविधाको भुक्तानी अब स्वास्थ्य बीमा बोर्डमार्फत हुनेछ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो सुविधा स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने बताए ।

हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भन्नका लागि उनीहरूलाई आउँदो असोज मसान्तभित्र स्वास्थ्य बीमामा दर्ता भइसक्न अनुरोध गरिएको छ ।


Facebook Comments