नेपालमै उत्कृष्ट शिक्षा सम्भव छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा परिवर्तन भएको बताएका छन् । उनले नेपालमा पनि उत्कृष्ट शिक्षा लिन सकिने उदाहरण डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले प्रस्तुत गरेको बताए ।
क्याम्पसको ४५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘यस क्याम्पसका विद्यार्थीहरू शिक्षित मात्र नभई सक्षम, दक्ष र प्रतिस्पर्धी पनि छन्। यो क्याम्पस महिला शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ।’
उनले ७७ जना विद्यार्थीबाट सुरु भएको क्याम्पसमा अहिले करिब ७ सय विद्यार्थी अध्ययनरत रहेको बताए । करिब ६० भन्दा बढी जिल्लाका विद्यार्थीहरू यहाँ अध्ययनरत हुनुले यसको लोकप्रियता स्पष्ट भएको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले क्याम्पसको बढ्दो चापलाई ध्यानमा राख्दै शिक्षाको गुणस्तर र भौतिक पूर्वाधार विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
Facebook Comments