मकवानपुरमा आगलागी: २ करोड बराबरको क्षति, घरधनी घाइते

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68baa43c86bfa.png

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ स्थित गरगरेमा भएको आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

शुक्रबार बिहान लिलाराम जिम्बाको किराना पसलमा भएको आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

आगो निभाउने क्रममा घाइते भएका घरधनी जिम्बालाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, घरअगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिँदा आगलागी भएको थियो ।

आगलागीबाट नगद १५ लाख रुपैयाँ, ३ थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, लत्ताकपडा र फर्निचर लगायतका सामान जलेर नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय, दुईवटा दमकल र स्थानीयको सहयोगमा बिहान ७स्४५ मा लागेको आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


Facebook Comments