सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार यो रिट निवेदन पेस गरेका हुन् ।
सरकारको उक्त निर्णयले संविधानप्रदत विचार, अभिव्यक्ति र सञ्चारको स्वतन्त्रतासम्बन्धी मौलिक हक कुण्ठित भएको रिट निवेदकको जिकिर छ ।
रिट निवेदनमा कुनै पनि सामाजिक सञ्जालको प्रयोग र सञ्चालनमा बाधा नर्पुयाउन प्रतिषेधको आदेश माग गरिएको छ ।
अधिवक्ता त्रिपाठीले यसले जनताका संवैधानिक अधिकारहरूमाथि हस्तक्षेप गरेको बताएका छन्। रिट दर्ता प्रक्रियामा रहेको छ ।
Facebook Comments