मधेस प्रदेशकी शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा

User Image मेयरसाप डेस्क | २०८२ असोज २७ गते ००:२३
Image of https://mayorsap.com/storage/photos/10/68ecd162e7967.jpg

जनकपुरधाम । मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रतिनिधित्व गर्ने मन्त्री तिवारीले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुने गरी पदत्याग गरेकी हुन् ।

मुख्यमन्त्री सिंहले भोलि (बुधबार) प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी छन् ।

वर्तमान सरकारलाई यसअघि नै नेपाली कांग्रेस, नेकपा एमाले, र जनमत पार्टीले आफ्नो समर्थन फिर्ता लिइसकेका छन् ।

मन्त्री तिवारीले आफ्नो राजीनामाको कारण भने सार्वजनिक गरेकी छैनन् ।


Facebook Comments