‘जेन–जीसँग नेकपा’ कार्यक्रम हुँदै, प्रचण्डले अन्तरक्रिया गर्ने

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०३:३०
Image of https://mayorsap.com/storage/photos/shares/prachanda_3.jpg

काठमाडौं । वाईसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयमा ‘जेन–जीसँग नेकपा कार्यक्रम’ आयोजना गर्दैछ ।

नेकपा संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’को प्रमुख आतिथ्यमा यो अन्तरक्रिया कार्यक्रम मध्याह्न १२ बजे सुरु हुनेछ । कार्यक्रममा प्रचण्डसहित अन्य शीर्ष नेताहरूको पनि सहभागिता रहने बताइएको छ ।

कार्यक्रममा युवा पुस्ता (जेन–जी) ले चाहेको नेपाल कस्तो हुनुपर्छ र त्यसलाई साकार पार्न पार्टीको भूमिका कस्तो रहन्छ भन्ने विषयमा विस्तृत छलफल र अन्तरक्रिया हुने तयारी रहेको छ ।


Facebook Comments