बकैया गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवनको उद्घाटन

User Image दिक्षान्स खड्का | २०८२ मंसिर ११ गते ११:१४
Image of https://mayorsap.com/storage/photos/shares/bakaiya.jfif

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवनको उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन् । 

बकैया गाउँपालिका वडा ३ स्थित हात्तीसुढेमा गाउँपालिकाको कार्यालय परिसरमै चार तले भव्य भवन निर्माण गरिएको हो । यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रस्टको भवनमा रहेको थियो ।  

सङ्घीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेटमा नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहितको २८ वटा कोठा, सभा हल दुई वटा, सेवाग्राही कक्ष, भान्छाकोठा, स्टोर कक्ष, शौचालयलगायतका संरचना रहेका छन् ।

भवन २०८१ असार १५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९ साल जेठ ३१ गते सम्झौता भएकोमा सो अवधिमा पुरा नभएपछि म्याद थप गरिएकोमा गत भदौ ३१ गते निर्माण सम्पन्न भएको हो ।

भवन निर्माण सम्झौता मूल्य अभिवृद्धिकरसहित सात करोड ८२ लाख ५० हजार ७७० रुपैयाँमा भएकोमा भवनको काम बढेसँगै लागत बढेर मूल्य अभिवृद्धिकरसहित सात करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँमा निर्माण भएको हो ।  


Facebook Comments