रवि र छविको मुद्दामा पेसी तोकियो

सहकारी ठगी प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते १२:१२
Image of https://mayorsap.com/storage/photos/shares/rabi-chhabi-1-1.jpg

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि उच्च अदालत बुटवलले आज पेसी तोकेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेले आफ्नो भागमा पर्ने भनिएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो बैंक जमानत मार्फत दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतले बिगो यकिन नभएको भन्दै साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका थिए । गत हप्ता लामिछाने पक्षका कानूनी व्यवसायीहरूको निवेदनमा सुनुवाइ स्थगित भएको थियो ।

सो मुद्दामा रविसहितका प्रतिवादीलाई सामूहिक रूपमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरिएको छ । लामिछाने हाल काठमाडौं र जोशी भैरहवा कारागारमा थुनामा छन् ।


Facebook Comments