हेटौँडाको सडक विस्तारमा जेन–जी पुस्ताको पूर्ण समर्थन
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते ११:५२
हेटौँडा । हेटौँडाको मुख्य सहरमा २५ मिटर सडक विस्तारको कार्य अगाडि बढाउन जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको महत्त्वपूर्ण समन्वय बैठकमा जेन–जी पुस्ताले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा जेन–जी प्रतिनिधिहरूले ‘हेटौँडाको २५ मिटर सडक जसरी बनाउनु पर्छ, हामी जेन–जी पुस्ता सघाउन तयार छौँ’ भन्ने धारणा राखेका थिए ।
सिडिओ अधिकारीले सडक विस्तार कुनै पनि हालतमा अघि बढाइने स्पष्ट गर्दै स्थानीय तह, सडक डिभिजन र सुरक्षा निकायबिच समन्वय गरेर काम सम्पन्न गरिने बताए ।
बैठकमा सडक डिभिजन, प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा करिब ३० जना जेन–जी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
युवा पुस्ताको सक्रिय समर्थन र प्राविधिक समन्वयले सडक विस्तार प्रभावकारी ढङ्गले अघि बढ्ने अपेक्षा गरिएको छ ।
Facebook Comments