एनपीएल प्रसारणमा ‘डिसहोम गो’को सफलता : उद्घाटन खेलमा २ लाख दर्शक
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते १४:३०
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार ‘डिसहोम गो’ एपले उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमांडौ गोर्खा बीचको रोमाञ्चक भिडन्तमा २ लाखभन्दा बढी ‘कन्क्युरेन्ट भ्युवर्सिप’ हासिल गरेर आफ्नो प्राविधिक क्षमता पुष्टि गरेको छ ।
नेपालको इतिहासमा पहिलो पटक पूर्ण रूपमा मोबाइल एपमार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा ‘डिसहोम गो’ले आफ्नो पहिचान स्थापित गरेको छ ।
उद्घाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न समस्या अनुभव गरेका थिए । विशेषतः एनपीएल सिजन पास सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताहरूले आइओएस् प्रयोगकर्ताहरूमा असुविधा सिर्जना भएको थियो ।
‘डिसहोम गो’का इन्जिनियर र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञहरूको निरन्तर प्रयासपछि दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताहरूले पनि सहज रूपमा सदस्यता लिएर खेल हेर्न सक्ने अवस्था आयो । दोस्रो र तेस्रो दिनको खेलमा लगभग सबै प्राविधिक चुनौतीहरू सफलतापूर्वक समाधान भएका थिए ।
कम्पनीले पहिलो दिन निःशुल्क हेर्ने व्यवस्था मिलाउँदा करिब २ लाख दर्शकले सहजै हेर्न पाएका थिए । यसैगरी, कुनै प्रयोगकर्ताले दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता पनि गरेको थियो ।
ग्राहकहरूलाई थप सहजताका लागि बुधवारदेखि खल्ती तथा ई–सेवा मार्फत एनपीएल सिजन पासको भौचर खरिद गर्न सकिने व्यवस्था मिलाइएको डिसहोमले जानकारी दिएको छ ।
‘डिसहोम गो’ एपका आधिकारिक प्रवक्ताले सुरुवाती दिनका असुविधाप्रति क्षमायाचना गर्दै यो उपलब्धिलाई नेपाली प्रत्यक्ष प्रसारण क्षेत्रमा ऐतिहासिक उपलब्धि मानेको बताएका छन् ।
कम्पनी अब विश्वस्तरीय स्ट्रिमिङ सेवाहरूको सूचीमा आफ्नो स्थान सुरक्षित गर्दै राष्ट्रिय सिमाना पार गर्ने यात्रामा अघि बढेको डिसहोमको भनाइ छ ।
Facebook Comments