कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते १६:१०
काठमाडौं । काठमाडौंको कान्तिपथस्थित सडकमा गएराति भएको दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–२७, कान्तिपथमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्का गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनापश्चात् कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
Facebook Comments