जाडो सुरु भएसँगै काठमाडौंमा बढ्यो वायु प्रदूषण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते १५:०७
Image of https://mayorsap.com/storage/photos/shares/ktm-pollution-7-7ge9bmn2me.jpg

काठमाडौं । जाडो यामको आगमनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढ्दै गएको छ । यस याममा वर्षा र हावाको गति कम हुने भएकाले उपत्यकाको धूलो र धुवाँको कण वायुमण्डलमै जम्मा हुने गर्दछ ।

सवारी साधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दाबाट निस्कने हानिकारक ग्यास र खेतबारीमा आगो बाल्ने जस्ता गतिविधिले प्रदूषणको मात्रा झन् बढाउँछ ।

हरेक वर्ष यस याममा प्रदूषण बढेर काठमाडौं विश्वकै प्रदूषित सहरहरूमध्ये एक बन्ने गरेको छ । उपत्यका वरिपरिका डाँडाहरूबाट हेर्दा काठमाडौंको माथि धूलो र धुवाँको बाक्लो तह स्पष्ट रूपमा देख्न सकिन्छ ।

यस बढ्दो प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।


Facebook Comments