लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते १५:२८
Image of https://mayorsap.com/storage/photos/shares/lumbini_1.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्स १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४३ रनमा अलआउट भयो ।

कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने दिलिप नाथले ३१ रनको योगदान दिए । ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८ रन जोडेका थिए ।

सुदूरपश्चिम रोयल्सका लागि तीव्र गतिका बलर अविनाश बोहरा र हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए ।

अङ्कतालिकामा अपराजित रहेको लुम्बिनी र शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स अब जवाफी ब्याटिङमा उत्रिएको छ र


Facebook Comments