'सुशीलाको पाराले, दुःख पाए साराले' भन्दै माइतीघरमा प्रदर्शन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते १५:२८
Image of https://mayorsap.com/storage/photos/shares/untitled-designpdf.jpg

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्दै जेनजी युवाहरू पुनः विरोध प्रदर्शनमा उत्रिएका छन् ।

आज माइतीघर मण्डलामा भेला भएका जेन–जी युवाहरूले ब्यानर र प्लेकार्डसहित सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

जेनजी आन्दोलनको आडमा गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवाका समस्या समाधानमा प्रभावकारी काम गर्न नसकेको आरोप प्रदर्शनकारीको छ ।

प्रदर्शनकारीले ‘सुशीलाको पाराले, दुःख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं’, ‘जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी’, र ’ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’ लगायतका व्यङ्ग्यात्मक नारा लेखिएका पम्प्लेट बोकेका थिए ।

यस प्रदर्शनले युवाहरूले परिवर्तनको अपेक्षा राखेर गठन भएको वर्तमान सरकारप्रति पनि आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।


Facebook Comments