जेन–जी आन्दोलनमा भागेका ४ हजार ८५७ कैदी अझै फरार
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते १८:२०
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका र फरार भएकामध्ये ठूलो संख्याका कैदीबन्दीहरू फिर्ता भइसकेको जानकारी दिएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले दिएको तथ्याङ्क अनुसार आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् ।
४ हजार ८५७ जना कैदीबन्दीहरू अझै पनि बाहिरै छन् । गृहमन्त्रीले बाँकी फरार कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको बताए ।
Facebook Comments