टस जितेर जनकपुरविरूद्ध पहिले ब्याटिङ गर्दै पोखरा
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते १७:३०
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्, जसपछि जनकपुर बोल्ट्सले बलिङको निम्तो पाएको छ ।
पोखरा एभेन्जर्सले अभिषेक तिवारीको स्थानमा तृतराज दासलाई खेलाएको छ ।
बोल्ट्सले भने तीन परिवर्तन गर्दै लाहिरु मिलान्था, संगिथ कुरे र आदित्य महताको स्थानमा वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकारलाई पहिलो रोजाइमा समावेश गरेको छ ।
यसअघि दुई–दुई खेल खेलिसकेका यी दुवै टोलीले अहिलेसम्म अङ्क जोड्न सकेका छैनन् । दुवै टिम आज पहिलो जितको खोजीमा छन् ।
Facebook Comments