पूर्वसभामुख महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश

सुन तस्करी प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते १७:१७
Image of https://mayorsap.com/storage/photos/shares/mahara-2.jpg

काठमाडौं । सुन तस्करीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महराको उमेर, स्वास्थ्य अवस्था र संकलित सबुत प्रमाणलाई मध्यनजर गर्दै धरौटी माग गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज २६ मा पक्राउ गरी जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

उच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम जिल्लाको थुनामा पठाउने आदेश बदर गरिदिएको छ ।

महरामाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप छ । आदेशअनुसार महराले २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत वा बैंक जमानत बुझाएर रिहा हुन पाउनेछन् ।

उच्च अदालतले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै महरालाई तत्काल धरौटीमा छाड्न आदेश दिएको हो ।


Facebook Comments