धरानमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते १०:४४
सुनसरी । धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सडक किनारमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो ।
धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
Facebook Comments