पनौतीमा पशुबिमा कार्यक्रमबाट ४ हजार किसान लाभान्वित

गाई र पन्छी बिमाको दायरामा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते १४:४९
Image of https://mayorsap.com/storage/photos/shares/untitled-designpdf_3.jpg

काभ्रे । पनौती नगरपालिकामा सञ्चालन भएको पशुधन बिमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षदेखि प्रारम्भ भएको उक्त कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ । 

बिमा कार्यक्रममार्फत नगरभित्रका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बिमा गरिएको हो । नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै वडाबाट चार हजार ४८ किसान कार्यक्रममा सहभागी छन् । किसानले व्यक्तिगत रुपमा पशुको बिमा गर्दा एक हजार ४०० देखि एक हजार ५०० सम्म खर्च हुने गरेको छ । 

पनौती नगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब ३० हजार बाख्रा, १० हजार गाई, ६ हजार भैँसी, ५०० बङ्गुर तथा झण्डै एक लाख पन्छी छन् । नगरले हालसम्म पाँच हजार २८१ गाई, दुई हजार २३१ भैँसी, पाँच हजार ७८० बाख्रा, २४ हजार पन्छी तथा १८ वटा बङ्गुरको बिमा गरेको छ ।

पालिकाकी शाखा प्रमुख दिपिका २०० पशुको दाबी भुक्तानी भइसकेको छ । नगरले यसअघि ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’अन्तर्गत प्रतिभैँसी रु पाँच हजार ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रम सञ्चालन गरेको थियो । नगरमा भैँसीको सङ्ख्या तेब्बर पुगेको थियो ।


Facebook Comments