टस जितेर विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कर्णालीका कप्तान सोमपाल कामीले विराटनगर किंग्सलाई बलिङको निम्तो दिएका हुन् । कर्णालीले विकेटकिपर ब्याटर अर्जुन घर्तीको स्थानमा ब्याटर दीपक डुम्रेलाई टिममा समावेश गरेको छ ।
विराटनगरले भने ठूलो परिवर्तन गर्दै सूर्य तामाङ, नरेन भट्ट र सुशभ रन्जानेको ठाउँमा साहिल पटेल, सुवाश भण्डारी र शेहान जयासूर्यलाई पहिलो रोजाइमा मौका दिएको छ ।
विराटनगर ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । कर्णाली ३ खेलमा १ जित र २ हारसहित २ अङ्कका साथ पाँचौँ स्थानमा छ ।
Facebook Comments