सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
मेयरसाप डेस्क
|
२०८२ मंसिर १५ गते १३:३०
काठमाडौं । साताको पहिलो कारोबार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भइइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भैइरहेको छ ।
Facebook Comments