चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १६ गते १४:४५
Image of https://mayorsap.com/storage/photos/shares/photo-33.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । 

मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १७७ रनको लक्ष्य दिएको हो । 

जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्क तालिकाको सबैभन्दा तल र चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ ।

 


Facebook Comments