ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १६ गते १३:४९
Image of https://mayorsap.com/storage/photos/shares/photo-11-15.JPG

गोदावरी नगरपालिका वडा नं.१३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको मन्दिर रहेको छ । मन्दिर लगनखेलबाट करिब ७ किलोमिटर दक्षिण पूर्व दिशामा पर्दछ । मन्दिरभित्र एउटा सानो मन्दिर पनि रहेको छ । सानो मन्दिरको गर्भगृहमा सन्तानेश्वर महादेवको शिलास्वरुप रहेको छ । त्यस शिला तीन भागमा विभाजित छ । पहिलो सन्तानेश्वर महादेव, दोस्रो पार्वती र तेस्रो शिलालाई गणेश मानी पूजा गरिन्छ । 


Facebook Comments