खैरहनीका विद्यार्थीले बनाएको भूउपग्रह चीनबाट प्रक्षेपण सफल

अन्वेषण गर्ने क्षमता प्रमाणित

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २५ गते १२:११
Image of https://mayorsap.com/storage/photos/shares/1-1-1.png

चितवन । खैरहनी नगरपालिकाको नवोदय र अन्तोदय जनजाति आवासीय विद्यालयमा अध्ययनरत ९ जना चेपाङ विद्यार्थीले बनाएको ‘स्लिपर टु स्याट’ नामक भूउपग्रह बुधवार चीनबाट सफल प्रक्षेपण भएको छ ।

स्लिपर टु स्याट अन्तरिक्ष प्रतिष्ठान नेपाल परियोजना अन्तर्गत १४ महिनाको मेहनतपछि विद्यार्थीहरूले बनाएको यो सेटलाइट चीनको ’काइनेटिक वान’ रकेटबाट प्रक्षेपण गरिएको हो ।

प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीका अनुसार यस सेटलाइटमा भूकम्प आउनुअघि उत्पन्न हुने सूक्ष्म इलेक्ट्रोम्याग्नेटिक तरङ्गहरू मापन गरी पूर्व सूचना दिने प्रविधि समावेश गरिएको छ ।

प्रक्षेपण सफल भए पनि सेटलाइटसँग कनेक्सन हुन बाँकी रहेको र यो कम्तीमा डेढ वर्षसम्म सञ्चालनमा रहने अपेक्षा गरिएको छ ।

नवोदय स्कुलका शिक्षक मनहरि खनालले गरिब र सीमान्तकृत चेपाङ बालबालिकाको क्षमता प्रस्फुटन भएको भन्दै खुसी व्यक्त गरेका छन्। । 

कक्षा ७ देखि ११ सम्मका ९ जना विद्यार्थी (५ छात्रा र ४ छात्र) तालिमपछि सेटलाइट निर्माणमा संलग्न थिए ।

सीमित स्रोतसाधनमा तयार पारिएको यो सफलताले नेपालका सीमान्तकृत समुदायका विद्यार्थीहरूमा नयाँ कुरा अन्वेषण गर्ने क्षमता प्रमाणित भएको जनाइएको छ ।


Facebook Comments