हेटौँडा सडक विस्तार मुद्दामा मिसिल झिकाउने आदेश
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते १६:३०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।
शुक्रवार सर्वोच्च अदालतको इजलास नम्बर २ मा भएको बहस तथा छलफलपछि न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धी मुद्दाका विगतका अदालतका निर्णयहरू र विचाराधीन मुद्दाको मिसिल झिकाउने आदेश दिएको हो ।
रास्वपा नेत्री एवम् पूर्व सांसद विन्दवासिनी कंसकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडासहितका निकायलाई विपक्षी बनाएर मंसिर १६ गते रिट निवेदन दायर गरेकी थिइन् ।
सर्वोच्चले यो मुद्दाको अर्को पेसी आगामी पुस २ गतेका लागि तोकेको छ । उक्त पेसीमा विगतका निर्णयहरू हेरेर थप छलफल गरिने अदालत स्रोतले जनाएको छ ।
Facebook Comments