३ दिने भ्रमणका लागि भारत आइपुगे मेस्सी
मेयरसाप डेस्क
|
२०८२ मंसिर २७ गते ११:४२
काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी भारत आइपुगेका छन्। उनी आज शनिबार बिहान भारतको कोलकाता आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनको विमान बिहान २:२६ बजे कोलकातामा अवतरण भएको थियो ।
मेस्सी जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत कोलकाता आएका हुन् । मेस्सी हेर्न हजारौँ फ्यान कोलकाता विमानस्थलमा भेला भएका थिए। तीन दिने भ्रमणमा आएका मेस्सीले भारतका चार शहरको भ्रमण गर्नेछन् ।
Facebook Comments